निर्वाचनअघि क्षतिग्रस्त सडक व्यवस्थित गर्न यातायात व्यावसायी महासंघको माग


काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले प्रतिनिधी सभाको निर्वाचन अघि भत्केका र खाल्डाखुल्डी भएको सडक खण्ड मर्मत गर्न सरकारसँग माग गरेको छ ।

महासंघले आज बिज्ञप्ती जारी गर्दै फागुन २१ मा हुने भनिएको प्रतिनिधीसभाको निर्वाचनअघि वर्षातको बाढी र पहिरोबाट भत्केको र खाल्डाखुल्डी भएको देशभरका राष्ट्रिय राजमार्गहरु विपी राजमार्ग, नारायणगढ–बुटवल, नौबिसे–मुग्लिनलगायतका सडक खण्ड तत्कालै मर्मत सम्भार गर्न सरकारसँग माग गरेको हो ।

महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौंलाका अनुसार निर्वाचनको समयमा मत खसालन ठूलो परिमाणमा सर्वसाधारण गृह जिल्ला जाने र त्यसका लागि सवारी साधनको ओहोर दोहोर निक्कै बढ्ने भएकाले क्षतिग्रस्त सडकका कारण कुनै पनि प्रकारको भवितव्य घटना नहोस् भनेर त्यस्ता सडक खण्डहरु ममर्त सम्भार गर्न सरकारसँग माग गरिएको हो ।