नेपालकै पहिलो ग्रिन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिलको सिमरा कारखानामा सौर्य ऊर्जा प्लान्ट जडान


काठमाडौं । ग्रिन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिजले सौर्य ऊर्जा प्रणालीको उद्घाटन गरेको छ । बारा–सिमरास्थित परियोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपाल सरकारको प्राविधिक मार्गदर्शन तथा सब्सिडी सहयोगमा आफ्नो कारखानामा निर्माण सम्पन्न भएको हो । स्वच्छ ऊर्जाको प्रवर्द्धनमा सार्वजनिक–निजी सहकार्यलाई थप सुदृढ बनाएको बताइएको छ ।

हुलास स्टिलले वातावरणीय दिगोपनका लागि निरन्तर काम गर्दै आएको छ । यसअघि आफ्ना कन्टिन्युअस ग्याल्भनाइजिङ लाइन तथा कलर कोटिङ लाइनलाई डिजेलबाट विद्युतमा रूपान्तरण गरिसकेको छ ।

जसले जीवाश्म इन्धनको प्रयोग तथा कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याएको विश्वास गरिएको छ । सौर्य ऊर्जाको प्रयोगले नवीकरणीय ऊर्जातर्फ कम्पनीको प्रतिबद्धतालाई अझ मजबुत बनाएको उल्लेख गरिएको छ ।

स्थापित सौर्य प्रणालीबाट स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादन भई सीओटु उत्सर्जनमा मापनयोग्य कमी आउने अपेक्षा गरिएको बताइएको छ । ऊर्जा दक्षता र वातावरणीय सन्तुलनलाई समेत अनुकुलतामा राख्ने जानकारी दिएको छ । एईपीसीको सब्सिडी व्यवस्थाले औद्योगिक क्षेत्रमा रूफटप सोलार प्रणाली अपनाउन प्रोत्साहन प्रदान गरेको विश्वास गरिएको छ ।

जिम्मेवार उत्पादन, जलवायु कार्य तथा दिगो औद्योगिक विकासप्रतिको हुलास स्टिलको प्रतिबद्धतासँग पूर्ण रूपमा मेल खाने उल्लेख गरिएको छ । हुलास स्टिलले इएसजी सिद्धान्तप्रति अडिग र थप मजबुत बनाउँदै जाने प्रतिबद्धता जनाएको छ । नेपालको हरित वातावरणमा सकारात्मक योगदान पुर्‍याइरहेको उल्लेख गरेको छ ।

Skip This