
काठमाडौं । रिलायबल इन्डष्ट्रिजले एकै वर्ष सवाँ १ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ८५ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ५३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको तीन वर्षको व्यापारको तथ्यांकअनुसार हरेक वर्ष ३२ प्रतिशतले व्यापार बढेको उल्लेख छ ।
त्यसैगरी, कम्पनीले गत आवमा ५.४४ प्रतिशत नाफा कमाएको कम्पनीले सन् २०२४ मा ५.४७ प्रतिशत नाफा कमाएको थियो । कम्पनीको कुल सञ्चित नगद १ करोड ४० लाख रुपैयाँ छ । सन् २०२४ मा १० लाख रुपैयाँ मात्रै थियो ।
सन् २०१७ मा स्थापना भएको कम्पनीले सन् २०२३ देखि वायर–मेश प्रोडक्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले हार्डवेयर सामग्रीको व्यापार गर्दै आएको छ । साथै, कम्पनीले विभिन्न प्रकारका तार उत्पादन गर्दै आएको छ ।
कम्पनीले वार्षिक २० हजार मेट्रिक टन तार उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त तार उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गर्ने गरेको जनाएको छ ।
धिरज अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६५ करोड १४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २२ करोड ३९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४२ करोड ७५ लाख रुपैयाँको रेटिङ गराएको हो ।










प्रतिक्रिया