
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँ तोकिएको छ।
हिजो सुनको मूल्य २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
आज एकैदिन चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य ४ हजार ९० रुपैयाँ तोकिएको छ भने हिजो चाँदी ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया