सबैभन्दा महँगोको ‘रेकर्ड’ बाट घट्यो आज सुनको मूल्य, कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ ।

आइतबार मूल्यमा ‘रेकर्ड’ राखेको सुन आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा तोकिएको छ । आइतबार २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य ६०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार यस दिन चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।

आइतबार भने चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

Skip This