हुलास वायरको व्यापार १३%ले घट्यो, साढे ७ अर्ब रुपैयाँको कारोबार गर्दा २.१% खुद नाफा


काठमाडौं । गोल्छा परिवारको हुलास वायर इन्डस्ट्रिजको व्यापार १३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा ८ अर्ब ५१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ७ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ६ अर्ब ५ करोड १० लाख रुपैयाँ, सन् २०२४ मा ३ अर्ब ८३ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गत आवमा २.१० प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा भने खुद घाटा व्यहोरेको थियो ।

सन् १९७९ मा स्थापना भएको कम्पनी सन् २००६ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेका थियो । कम्पनीको दुई वटा सामग्री उत्पादन युनिट छन् । हुलास वायरको वार्षिक ५५ हजार मेट्रिक टन जीआई तार, १४ हजार ४ सय मेट्रिक टन गाबियन बक्सेस, २ हजार ३ सय ७५ मेट्रिक टन एचबी वायर, ३ हजारक ३ सय मेट्रिक टन रिब्बड वायर, ४ सय ५० मेट्रिक टन बार्बेड वायर, १२ सय मेट्रिक टन वायर नेल्स, ५ हजार ५ सय ६० मेट्रिक टन ब्रास र २ हजार २ सय मेट्रिक टन कपर सिट्स उत्पादन क्षमता छ ।

त्यसैगरी, कम्पनीले वार्षिक १ लाख ७२ हजार ८ सय मेट्रिक टन डण्डी र न्यारो स्ट्रिप कोयल, ८६ हजार ४ सय मेट्रिक टन एमएस बिलेट र ३६ हजार मेट्रिक टन क्षमतामा एमएस ब्ल्याक पाइप उत्पादन गर्दै आएको छ ।

गोल्छा ग्रुपद्वारा सञ्चालित कम्पनीम पारस एम गोल्छाको ३४ प्रतिशत र राजलक्ष्मी गोल्छाको १७ प्रतिशत स्वामित्व छ । हाल कम्पनीको नेतृत्व युक्ति गोल्छाको गरिरहेकी छन् । उनी कम्पनीको प्रबन्ध निर्देशक हुन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७ अर्ब २९ करोड २७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको रेटिङ गराएको हो ।