
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ ।
नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिको काम सुरु भएको हो।
धुलिखेल-खावा सडकका सुपरभाइजर लोकहरि नेपालका अनुसार कात्तिक अन्तिमबाट काम सुरु भएकोमा अहिले धमाधम काम भइरहेको छ ।
दैनिक सयभन्दा बढीले काम गरिरहेका छन् । १४ महिनाको ठेक्का समय रहेकोमा समयभन्दा अघि नै कालोपत्रे गरेर सक्ने लक्ष्य छ ।
उपकरण र सामानको अभाव छैन । पहिले स्ट्रक्चरको काम सकेर पिच गर्न सुरु हुन्छ । स्थानीयको पनि सहयोग छ ।
लामो समयदेखि यो सडक प्रयोगकर्ताले सास्ती पाउँदै आएका थिए ।
तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी























प्रतिक्रिया