सुनको मूल्यमा आज पनि रेकर्ड, बढेर कति पुग्यो ?


काठमाडौं । आज(बुधबार) पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तोलाको २ लाख ६८ हजार १ सय तोकिएको छ ।

यसअघि सोमबार सुनको मूल्य तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तर आज तोलामा ९ सय रुपैयाँले मूल्य बढ्दै सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड राखेको हो ।

यसअघि सोमबार सुनको मूल्य २ लाख ६१ हजार ७ सयमा कारोबार भएको थियो भने आइतबार आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलाको ४ हजार ४२० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदीको मूल्य तोलाको ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।