सुनको मूल्यमा रेकर्ड, २ लाख ६१ हजार कट्यो


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य अहिलेसम्मकै धेरै हो । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि सुन तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो जुन अहिलेसम्मको सबैभन्दा महँगो थियो । जसलाई आज सोमबारको मूल्यले तोडेको हो ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ४ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।