राष्ट्र बैंकले कारबाही गरेपछि एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा


काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको कारबाहीमा परेपछि अग्रवालले राजीनामा दिएका हुन्।

राष्ट्र बैंकले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपाने र अध्यक्ष अग्रवाललाई २-२ लाख जरिवाना तिराउने निर्णय गरेको थियो । सो पत्र बैंकका प्रतिनिधिले पुस ४ गते लिएका थिए ।

पत्र प्राप्त गरेपछि अध्यक्ष अग्रवालले राजीनामा दिएका हुन् । उनको राजीनामा आइतबारको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो ।

तत्कालीन सीईओ न्यौपान बैंकबाट बाहिरिइ सकेका छन् । बैंकले नयाँ सीईओ नियुक्त पनि गरिसकेको छ ।