श्रीमतीको हत्या गरेको अभियोगमा रेस्लर ‘नेपाली ब्रो’ पक्राउ

0
Shares

काठमाडौं । प्रो रेस्लर भनेर चिनिने कुमार थापा (नेपाली ब्रो) लाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका ६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।

विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ । शुक्रबार राति रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।