एघारौं नेपाल उड इन्टरनेशनल एक्स्पो हुँदै


काठमाडौं । आगामी बिहिबारदेखि राजधानीमा तीनदिने एघारौं नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पो आयोजना गर्ने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्राइभेट लिमिटेडको संयुक्त रुपमा आयोजना यो एक्स्पो आगामी बिहिबारदेखि शनिबारसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजन हुने भएको छ ।

इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरुका एक सयभन्दा बढि स्टल रहने व्यवस्था गरिएको छ ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँ–नयाँ प्रविधिको जानकारी गराउने उद्देश्यले यो एक्स्पोको आयोजना गरेको आयोजकले जनाएको छ।

प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ, तथा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल रहेका छन्।

प्रदर्शनीमा इन्टेरियर डिजाईनर एसोसिएशन नेपालका विज्ञद्वारा नविनतम प्रविधि, इन्टेरियर डिजाईन, फनिर्चर लगायत बिभिन्न शिर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुनेछ ।

Skip This