
काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई) को प्रतिवद्धता आएको छ ।
उद्योग विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार यो रकमबराबरको प्रतिवद्धता प्राप्त भएको छ ।
यसमध्ये स्वचालित मार्ग(अटोमेटिक रुट) मार्फत २२ करोड ४६ करोड र स्वीकृति मार्ग प्रक्रिया(अप्रुभल रुट) मार्फत १ अर्ब ६९ करोड ३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ ।
विभागका अनुसार १ हजार ४ सय ७० जनालाई रोजगारी सिर्जना गर्ने उद्देश्यसहित यो लगानीको प्रतिवद्धता आएको हो । यो लगानी ५४ वटा साना तथा लघु उद्यम र २ मध्यम उद्योगको लागि प्राप्त भएको हो । कूल लगानी प्रतिवद्धतामध्ये झण्डै ५७ प्रतिशत लगानी कृषि क्षेत्रको लागि प्राप्त भएको विभागको भनाई छ ।








प्रतिक्रिया