सरोज खनाल अभिनित ‘बैकुण्ठ यात्रा–२’ अब डिशहोम गो एपमा, सम्पूर्ण एपिसोडको शुल्क मात्र ४९ रुपैयाँ


काठमाडौं । अभिनेता सरोज खनालको मुख्य भूमिका रहेको नेपाली सिरिज ‘बैकुण्ठ यात्रा–२’ अब डिशहोम गो एपमार्फत प्रसारण हुने भएको छ । दर्शकको मन जित्न सफल पहिलो सिजनपछि यसको दोस्रो सिजन डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ आउन लागेको बताइएको छ ।

यस नयाँ सिजनले भावनात्मक यात्रा, सामाजिक संघर्ष र जीवनदर्शनलाई अझ गहिरो रूपमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । सिरिजमा प्रेम, मनोभावनात्मक उतारचढाव र आत्मिक यात्राको निरन्तरतालाई १८ एपिसोडमा समेटिएको छ ।

सिरिजमा सरोज खनालका साथै प्रियारानी लामा, अञ्जु निरौला, नीलम चन्द, प्रवण भुसाल, श्रीदेव बीएल, र रोजी लमिछाने लगायतका कलाकारहरूको दमदार अभिनय हेर्न पाइनेछ ।

नेपाली दर्शकहरूलाई सहुलियत दरमा उच्च गुणस्तरको डिजिटल मनोरञ्जन प्रदान गर्ने उद्देश्यले डिशहोमले यस सिरिजको मूल्य अत्यन्तै न्यूनतम राखेको छ । नेपालभित्रका दर्शकहरूले सम्पूर्ण १८ एपिसोड मात्र रु. ४९ मा हेर्न सक्नेछन् भने विदेशमा रहेका दर्शकहरूका लागि यसको शुल्क १ डलर तोकिएको छ ।

डिशहोम गो एपले नेपाली कन्टेन्ट र स्थानीय सिर्जनालाई विश्वव्यापी स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ । ‘बैकुण्ठ यात्रा–२’ ले यो अभियानलाई थप मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ । दर्शकहरूले एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध डिशहोम गो एप डाउनलोड गरी नेपाल तथा विदेशका जुनसुकै कुनाबाट यो सिरिज हेर्न सक्नेछन् ।