सुनको मूल्य प्रतितोला १७ सय रूपैयाँले घट्यो, चाँदी महँगियो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रूपैयाँमा किनबेच भएको थियो । जसअनुसार आज सुनको भाउ तोलाको १७ सय रूपैयाँले सस्तिएको हो ।

सुनको मूल्य घट्दा मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको छ । सोमबार प्रतितोला ३८ सय ७० रूपैयाँमा किनबेच भएको चाँदीको भाउ मंगलबारका लागि ३८ सय ८५ रूपैयाँ कायम भएको हो ।