
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिना पूरा हुँदै गर्दा सरकारको आम्दानी र खर्च दुबै निरासाजनक देखिएको छ । सरकारले मंसिर मसान्तसम्म राजस्ववापतको आम्दानी ३० प्रतिशत पनि पुर्याउन सकेको छैन भने खर्च जम्मा २८ प्रतिशतमा सिमित छ ।
अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा विकास खर्च ८ दशमलव ३ प्रतिशत पनि मात्रै रहेको छ । तथ्यांक अनुसार मंसिर २९ गतेसम्मको तथ्यांक अनुसार विकास खर्च जम्मा ८ प्रतिशतमा सिमिति हुन पुगेको हो ।
तथ्यांक अनुसार सरकारले पछिल्लो ५ महिनामा गरेको कुल आम्दानी लक्ष्यको करिब २७ प्रतिशत छ । यस्तो आम्दानी ४ खर्ब १४ अरु रुपैयाँ पुगको छ । चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ३३ अर्ब रुपैयाँ कर र गैरकरबाट आम्दानी गर्ने लक्ष्य अगाडि सारेको छ ।
सरकारको आम्दानीको तुलनामा खर्च भने करिब डेढ खर्ब रुपैयाँ बढी छ । यो अवधिसम्ममा सरकारले जम्मा ४ अर्ब १४ अर्ब रुपैयाँ आम्दानी गर्दा गरेको खर्च भने ५ खर्ब ६४ अर्ब रुपैयाँ पुगिसकेको छ ।
सरकारले प्रशासनिक (चालु) खर्च ३ खर्ब ९८ अर्ब रुपैयाँ गरेको भने विकास निर्माणमा हुने पुँजीगत खर्च भने ३३ अर्ब ८७ करोड रुपैयाँ मात्रै छ । सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य अगाडि सारेको भएपनि मंसिर मसान्तसम्ममा भएको यस्तो खर्च कुल विनियोजित बजेटको १० प्रतिशत पनि नपुग्नु निराशाजनक अवस्था हो ।
यो अवधिमा सरकारले १ अर्ब ३२ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापबाट जम्मा गरिसकेको छ । यस्तो रकम कुल ३ खर्ब ७५ अर्ब रुपैयाँको कुल बजेटको लक्ष्यको तुलनामा ५ महिनामा ३५ प्रतिशत भएको तथ्यांकले देखाएको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सरकारको पहिलो प्रथमिकता फागुन २१ म निर्वाचन गराउने, निर्वाचन गराउन आन्तरिक स्रोतबाटै खर्चको जोहो गर्दा साना र टुक्रे आयोजनामा नाममा अर्थतन्त्र चलायमान गराउने बजेट काटिएकोले पनि खर्चमा असर पर्ने देखिएको छ ।









प्रतिक्रिया