
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नवनियुक्त ४ मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मन्त्री बन्नेहरूमा कुमार इङ्नाम, माधव चौलागाईं, श्रद्धा श्रेष्ठ र राजेन्द्रसिंह भण्डारी रहेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये स्कूल अफ ल का प्राध्यापकसमेत रहेका इङ्नामलाई भूमि मन्त्रालय, कर्णालीसम्बन्धी अध्ययन र अनुसन्धानमा लागेका चौलागाईं वन, पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धक श्रेष्ठलाई महिला तथा बालबालिका र पूर्वएआईजी भण्डारीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ ।







प्रतिक्रिया