डल्ले च्याउ उत्पादन गर्ने इन्द्रेणी फार्मले एक वर्षमा गर्‍यो ५ करोडको व्यापार

357
Shares

काठमाडौं । अगारिकस बिस्पोरस (डल्ले) च्याउ उत्पादन गर्ने इन्द्रेणी मस्रुम फार्मले एकै वर्ष ५ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ४ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ३ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा २ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा २ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२५ मा ५.७५ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२२ मा सबैभन्दा बढी नाफा कमाएको रेटिङमा उल्लेख छ । सो कम्पनीले सन् २०२२ मा १७.५४ प्रतिशत खुद नाफा कमाएको थियो ।

सन् २०१४ मा स्थापना भएको कम्पनी कृषिजन्य उत्पादनसँग सम्बन्धित छ । मकवानपुरको चित्लाङमा उत्पादन युनिट रहेको कम्पनीले हेटौँडामा अर्को उत्पादन युनिट बनाइरहेको छ ।

कम्पनीले वार्षिक १ लाख ६२ हजार केजी च्याउ उत्पादन गर्दै आएको छ । रुपा मानन्धरको २.५९ प्रतिशत स्वामित्व रहेको कम्पनीमा ७ जना बोर्ड निर्देशक छन् । कम्पनीका अध्यक्ष धर्मेन्द्र महर्जन हुन् ।