
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न चाहेकी बोर्डकी कर्मचारी श्रद्धा श्रेष्ठ मन्त्री बन्ने भएकी छन् ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् र मन्त्री बन्नेको सूचीमा श्रेष्ठ पनि रहेकी छन् ।
कार्कीले मन्त्रिपरिषद्मा ४ जना सदस्य थप गर्न लागेकी हुन् ।
श्रेष्ठले आफूलाई शुक्रबार तीन बजे शपथका लागि खबर आएको क्लिकमान्डुलाई जानकारी दिइन् । श्रद्धालाई महिला तथा बालबालिका मन्त्री बनाउने तयारी रहेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।
हालका पर्यटन बोर्डका सीईओ दीपकराज जोशीसँगको प्रतिस्पर्धामा श्रेष्ठ पनि थिइन् । हाल श्रेष्ठ पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धक छिन् ।
२० वर्षदेखि पर्यटन बोर्डमा कार्यरत श्रेष्ठ ७ वर्षअघि वरिष्ठ प्रबन्धकमा बढुवा भएकी थिइन् ।







प्रतिक्रिया