यस्तो छ देवीप्रकाश भट्टचन र अशोक शेरचनलाई प्रहरी हिरासतमा पुर्‍याउने कुसुम लामाको उजुरी (पूर्णपाठ )

693
Shares

काठमाडौं । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको उजुरीका आधारमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित आधा दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

एक अर्ब रुपैयाँ बराबरको ठगी काण्डमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । यो काण्डको उजागर गर्ने कुसुम लामा भने फरार छिन् ।

देवीप्रकाश भट्टचन प्रभु बैंकका पूर्वअध्यक्ष हुन् भने कुसुम लामा सञ्चालक । अशोक शेरचन प्रभु फाइनान्स हुँदादेखिकै सीईओ हुन् । प्रभु म्यानेजमेन्ट देवीप्रकाश भट्टचन र कुसुम लामा मिलेर खोलेको संस्था हो । उनीहरुबीच विवाद बढ्दै गएपछि अहिले यो ठगी काण्डको लहरो तान्दा पहरो थर्किएको छ ।

देवी प्रकाश भट्टचन, अशोक शेरचनको निर्देशनमा लाजिम्पाट अपार्मेण्ट, राम जानकी मेडिकल कलेज, सिम्रिक एयर, प्रभु टिभी, हेल्लो पैसा जस्ता कम्पनीमाहरुमा प्रभु म्यानेजमेण्टको पैसा गएको कुसुमको दाबी छ ।

अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी प्रभु बैंकको शाखा कार्यालय कमलादीमा अर्बिट कन्सल्टेन्सीको व्यक्तिलाई राखी गोप्य राख्नुपर्ने बैंकिङ कारोबारमा अनाधिकृत व्यक्तिको पहुँच दिई विधार्थीहरुले लिएको शैक्षिक कर्जा र स्वदेश तथा विदेशमा बुझाउनु पर्ने फी वापतको रकम अनलाईन भुक्तानी गर्दा बैंकले पाउने कमीसनको रकमलाई अर्बिटको नाममा बुक गरी अर्बिटसँग मिलिभगत गरी बैंकको कमाईको रुपमा रहेको बैंक कमिसन हिनामिना गरी एक अर्कामा मिली बाँडेर खाई बैंकलाई हानीनोक्सनी पुऱ्याएको कुसुमको दाबी छ ।

यस्तो छ कुसुम लामाले दिएको उजुरीको पूर्णपाठ