
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा नागरिक उड्डयन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग अदालतले ५ लाख रुपैयाँ धरौटी मागेको छ ।
मंगलबार गरिएको थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले अधिकारीलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
आरोपि मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मंसिर २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अधिकारी नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।







प्रतिक्रिया