नाङ्लोको क्रसन बजारबाट फिर्ता लिन विभागको निर्देशन

882
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नाङ्लो बेकरी प्राइभेट लिमिटेडबाट उत्पादन भएको न्यून गुणस्तरको क्रसन बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।

विभागले उक्त खाद्य पदार्थमा मापदण्डविपरित औद्योगिक ट्रान्स फ्याटको मात्रा अत्याधिक भएको भन्दै ब्याच नम्बर ०१ र उत्पादन मिति सन् २०२५ डिसेम्बर ३ को उत्पादन बजारबाट फिर्ता लिन निर्देशन दिएको हो ।

खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको मात्रा अधिकतम सीमा २ प्रतिशतसम्म तोकिएको छ । विभागले उक्त व्याच तथा उत्पादन भएको क्रसन बजारमा बिक्री बितरण नगर्नसमेत निर्देशन दिएको छ ।