
काठमाडौं । गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यमाथि अनुसन्धान गर्न ५ दिनको समय थप गरिएको छ ।
आइतबार उच्च अदालत पाटनले शाक्यलाई अनुसन्धान गर्न ५ दिनको समय दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । मंसिर १७ गते पक्राउ परेका उनलाई सुरुमा अदालतले २ दिन म्याद थप गरेको थियो।
उनलाई गत बुधबार ललितपुरको भनीमण्डलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । उनीमाथि प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ ।
सोही प्रकरणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन लगायतका अन्य ३ जनालाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।







प्रतिक्रिया