
काठमाडौं । मोरङमा १२ वर्षीया बालिका अंशु गौतमका हत्या आरोपी पक्राउ परे ।
शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ५८ वर्षीय पदम बहादुर अधिकारीललाई लेटाङ नगरपालिका २ स्थित फडानीबाट पक्राउ गरेको हो।
नविन गौतमकी १२ वर्षी छोरी गत असोज २१ गते २ बजेको घरदेखि हराएकी थिइन् ।
कात्तिक ७ गते ११:३० बजे लेटाङ नगरपालिका वडा २ को बेलबारी चिसाङ सामुदायिक वनमा फेला परेको थियो ।
जंगलको झाडीमा मानव शरीरको अंगहरु छुट्टाछुटै स्थानमा सडेगलेको अवस्थामा परेको थियो । घटनास्थलमा बरामद भएका कपडा, हाफ पाईन्ट, चप्पल र घडीको आधारमा शवको पहिचान परिवारले गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीबाट घटना सम्बन्धी सुक्ष्म रूपले सूचना संकलन तथा प्राविधिक विश्लेषण गरी अधिकारीलाई पक्राउ गरेको हो ।
हत्या भएको केही दिनमै छिमेकी तथा विभिन्न व्यक्ति गरेर करिब ३ सय जनालाई अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
उनका अनुसार ती बालिकाको हत्या भएको एक सातापछि एक जना भारत गएको खुलेको थियो । ती व्यक्ति अंशुको छिमेकी रहेको थिए । विगतमा अधिकारीसँग परिवारको सामान्य झै-झगडा भएको थियो ।
‘भारत पुगेका व्यक्तिको ‘हिस्ट्री’ खोज्न थाल्यौं,’ अनुसन्धान अधिकृतले भने, ‘हामीले विभिन्न माध्यम प्रयोग गरेर भारतबाट बोलाउने प्रयास गर्यौं ।’
अधिकारी १९ गते भारतबाट लेटाङ आए । लगत्तै उनलाई प्रहरीले पनि घरबाट नियन्त्रणमा लियो ।
हत्या आरोपी अधिकारीले उनलाई जर्बजस्ती करणी गर्न खोजेको र हँसियाले घाँटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको ती प्रहरी अधिकारीले क्लिकमान्डुलाई बताए । अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको अनुसन्धान अधिकृतले जानकारी दिए । त्यसैगरी उनी विवाहितसमेत रहेको खुल्न आएको छ ।







प्रतिक्रिया