
काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरूको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले तीन जना आर्थिक पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।
आइतबार काठमाडौंमा आयोजना गरिएको नाफिजको १६ औं वार्षिक साधारण सभामा फरक फरक विधामा सम्मान गरेको हो।
एक लाख राशीको ‘शारदा–ढुन्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’ क्लिकमान्डुकर्मी रविन पौडेलले पाएका छन्।
५० हजार रुपैयाँ राशीको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २०८२’ कमला भण्डारीले पाएकी छिन् । उनी क्यापटिल नेपालमा कार्यरत छिन् ।
अर्को ५० हजार रुपैयाँ राशीकै ‘सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट अम्बिका शर्माले पाएकी छिन् । उनी टक्सार म्यागेजिनमा कार्यरत छिन् ।
पुरस्कृत हुनेहरुलाई अर्थमन्त्री रामेश्वर खनालले पुरस्कार वितरण गरेका हुन् । यसका साथै नाफिज फेलोसिप नयाँ पत्रिका दैनिकका यम बमले प्राप्त गरेका छन् ।







प्रतिक्रिया