राजेन्द्र शाक्यमाथि अनुसन्धान गर्न २ दिन म्याद थप

252
Shares

काठमाडौं । बैंकिङ कसुरको आरोपमा पक्राउ परेका गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यमाथि अनुसन्धान गर्न २ दिन समय थप गरिएको छ । उच्च अदालत पाटनले शाक्यलाई अनुसन्धान गर्न २ दिनको समय पाएको केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआईबी) प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनलाई बुधबार ललितपुरको भनीमण्डलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । उनीमाथि प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ । सोही प्रकरणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन प्रहरी हिरासतमा छन् ।

Skip This