
काठमाडौं । लोक सांगीतिक समूह कुटुम्बले ‘एक्सओ’ क्लबमा आफ्नो प्रस्तुति दिने भएको छ ।
आगामी शनिबार (२० गते) ‘द साउन्ड अफ हेरिटेज’ स्लोगनसहित ठमेलस्थित चाक्सीबारी मार्गमा रहेको एक्सो क्लबमा कुटुम्बले आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो ।
‘पर्पल फक्स इभेन्टस’का इभेन्ट म्यानेजर विवश कर्माचार्यका अनुसार इभेन्टमा प्रवेश शूल्क १ हजार र १५ सय रुपैयाँ राखिएको छ । साँझ ८ बजेदेखि कार्यक्रममा प्रवेश पाइने छ ।
कुटुम्बले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको साँगीतिक उचाइ दिँदै आएको छ ।
साँस्कृतिक, साँगीतिक माहोललाई पुनः जीवन्त बनाउँदै कला, संस्कृति र गीतसङ्गीतको संयोजनबाट दर्शकले उत्कृष्ट माहोल पाउने छन् ।
दर्शकले ‘एक्सो’ क्लबमा आयोजना हुने यस इभेन्टका लागि खल्ती एपबाट टिकट खरिद गर्न सक्ने कर्माचार्यले जानकारी दिए ।







प्रतिक्रिया