
काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षबाट बर्खास्तीविरुद्ध शरद ओझाले दायर गरेको रिटमा सर्वोच्च अदालतको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई मंसिर २८ गतेसम्मका लागि निरन्तरता दिएको छ ।
बुधबार न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझामाथि छाबिन गर्न गठन भएको समितिको प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
इजलासले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने/नपर्ने सम्बन्धमा छलफलका लागि आगामी मंसिर २८ गतेका लागि पेसी तोकेको छ ।







प्रतिक्रिया