सुनको भाउ बढ्यो, चाँदीमा आज पनि रेकर्ड

1.8k
Shares

काठमाडौं । बुधबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

आजका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यले भने रेकर्ड बनाएको छ । बुधबार चाँदी एकैदिन तोलामा ११० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला ३ हजार ५४५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ६५५ रुपैयाँ पुगेको छ ।