पतञ्जली आयुर्वेदको व्यापार १६% ले घट्यो, कतिको गर्‍यो कारोबार ?

63
Shares

काठमाडौं । पतञ्जली आयुर्वेदको व्यापार १६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १६ प्रतिशतले घटेको हो ।

सन् २०२४ मा २ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२५ मा १ अर्ब ८० करोड रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले सन् २०२३ मा १ अर्ब ९३ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ५० करोड २० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब २५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०११ मा नेपाल ग्रामोद्योग नाममा दर्ता भएको कम्पनीको नाम सन् २०१५ मा परिवर्तन गरिएको थियो । कनीले खानाको प्रकार, व्यक्तिगत हेरचाह र अन्य घरायसी सामग्री उत्पादन गरी पतञ्जली ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा दुईवटा कम्पनीको स्वामित्व छ । कम्पनीमा भारतीय कम्पनी गंगोत्री आयुर्वेदाको ९५ प्रतिशत स्वामित्व रहेको छ भने बाँकी स्वामित्व नेपालको लागि महोतो ग्रुप अर्थात् राम जानकी इनभेष्टमेन्टको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३५ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५९ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीको देशभर एक सयभन्दा बढी वितरक छन् । जसमा गत आवमा १० मुख्य ग्राहकबाट मात्रै ५२ प्रतिशत व्यापार गरेको रेटिङमा उल्लेख छ । कम्पनीले डिसवास र डिटरजेन्ट पाउडरबाट उच्च कारोबार गरेको जनाएको छ ।