
काठमाडौं । धान, मकै, नट्स आयात गरी नेपाली बजारमा व्यापार गर्दै आएको धान, मकै आयात गरी बेच्दै आएको बालाजी इन्टरप्राइजेजले एकै वर्ष गर्यो सवा ४ अर्बको कारोबारले गत आर्थिक वर्षमा सवा ४ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले गत आवमा ४ अर्ब २५ करोड रुपैयाँको कारोबार गरेको हो ।
सन् २०२४ मा ४ अर्ब ३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ३ अर्ब ८४ करोड, सन् २०२२ मा ४ अर्ब ८० करोड रुपैयाँ र सन् २०२१ मा ३ अर्ब ७५ करोड रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०१५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका अन्न आयात तथा व्यापार गर्दै आएको छ । कम्पनीले अन्नसँगै गाईवस्तुको दाना पनि आयात गर्दै आएको छ ।
कम्पनीले भारत, चीनबाट अन्न आयात गर्दै आएको छ भने त्यससँगै आन्तरिक किसानबाट पनि अन्न उठाउने गरेको रेटिङमा उल्लेख छ ।
कम्पनीले प्रशोधन नभएका अन्न आयात गरी प्रशोधन गर्ने मिलहरुलाई उक्त अन्न बिक्री गर्दै आएको छ । साथै, प्रशोधित अन्न भने देशभरका रिटेलहरुलाई दिने गरेको कम्पनीले जनाएको छ । देशभर कम्पनीका ५ सय बढी खुद्रा व्यापारी छन् ।
त्यस्तै कम्पनीले गाईवस्तुको दाना भने व्यक्तिगत र कम्पनीहरुलाई बेच्ने गरेको छ ।
बबिताकुमारी सिस्काको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६३ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ करोड ६० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५८ करोड रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया