बाल्ट्रा ब्रान्डको घरासयी सामग्री बेच्ने कम्पनीको व्यापार ३२ प्रतिशतले बढ्यो

147
Shares

काठमाडौं । ब्राल्ट्रा ब्रान्डका घरायसी सामग्री बेच्ने बालाजी एनपी प्रालिको व्यापार ३२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३२ प्रतिशतले बढेको हो ।

सन् २०२४ मा १ अर्ब २९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा १ अर्ब ७१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ मा १ अर्ब ७ करोड रुपैयाँ, सन् २०२२ मा १अर्ब ३३ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१२ मा स्थापना भएको कम्पनी नेपालको लागि बाल्ट्रा ब्रान्डको विद्युतीय सामग्री आयात गर्ने आधिकारिक बिक्रेता हो । सुरुमा विभिन्न घरायसी सामग्रीको कारोबार गर्दै आएको कम्पनीले हाल बाल्ट्रा ब्रान्डको घरायसी सामग्रीको एसेम्बल गरी नेपालमै उत्पादन गरिरहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २९करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३६ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९३ करोड रुपैयाँको रेटिङ गराएको हो ।