सुनको मूल्य घट्यो, कति पुग्यो ?

2.5k
Shares

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७ सय रूपैयाँमा तोकिएको छ ।

आइतबार सुनको मूल्य २ लाख ४४ हजार ६ सय रूपैयाँ तोकिएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आइतबारकै तुलनामा २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ३ हजार १ सय १५ रूपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस करिब ४ हजार ४५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।