
विराटनगर । पूर्वको भ्रमणमा रहेका नेकपा एमालेका नेता महेश बस्नेतमाथि आक्रमण प्रयास भएको छ । उनी सवार गाडीमा एक युवकले केही फल्न खोजेको देखिएको छ । विराटनगर आइपुगेका नेता बस्नेत सवार गाडीमा रातो रंग छ्यापिएको जनाइएको छ । आफूलाई जेनजी समूहका नेता भन्ने अर्पित कुँवर सहितको टोलीले बस्नेतको गाडीमा रातो रंग छ्यापेका हुन् ।
विराटनगर एयरपोर्टबाट निस्किने क्रममा बस्नेतको गाडीमा रातो छ्यापिएको बताइएको छ । उनी विराटनगर हुँदै इटहरीतर्फ जाँदै थिए । प्रहरीको स्कर्टिङ गाडीको पछि कुदिरहेको नेता बस्नेत सवार गाडीमा एक युवाले कुद्दै रंग फालेका थिए। उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ ।
आक्रमण प्रयास भए पनि उनी सकुशल रहेको प्रहरीको भनाइ छ ।
केही दिनअघि नेता शंकर पोखरेलसँगै सिमरा आउन लागेको भन्दै जेनजी युवाले विमानस्थलमा प्रदर्शन र तोडफोड गरेका थिए भने दुई दिन प्रदर्शन गरेका थिए ।








प्रतिक्रिया