आज सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो ?

385
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ३०० ले घटेको छभने त्यति नै परिमाणको चाँदी ८५ ले घटेको छ । आज एक तोला सुनको मूल्य दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १०० रुपैयाँ कायम भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।