
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाएका छन् ।
मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठकलाई सम्बोधन गर्दै उनले ऊर्जामन्त्री कुलमान घिसिङको नाम नलिई विद्युत खरिदको नाममा करोडौँ घोटाला गरेको, विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति जनाए ।
वर्तमान सरकारले कुशासन र चरम भ्रष्टाचारमा लिप्त रहेको उनको आरोप छ ।
‘देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँनिरको भ्रष्टाचार ? कुन केस ? अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत खरिदका विद्युत विक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरु त देखिएका थिएनन त ? अहिले जुन देखिएको छ । त्यो त देखिएको थिएन । यस्तो कुशासन पनि देखिएको थिएन । विकासहिनता, राजनीति, अन्यौलग्रस्त, अराजक यस्तो त थिएन,’ उनले भने ।









प्रतिक्रिया