फिल्म ‘परान’ले गर्‍यो करिब १० करोड ग्रस कलेक्सन


काठमाडौं । नीर शाह अभिनीत फिल्म ‘परान’ ले प्रदर्शनको १६ दिनमै घरेलु बक्सअफिसमा आक्रामक कमाइ कायम गरेको छ।

कात्तिक २९ सम्म सिनेपाः बक्सअफिसमा फिल्मले ९ करोड ८६ लाख रुपैयाँ ग्रस उठाइसकेको छ । यस अवधिमा कुल ३ लाख ४७ हजार १७५ टिकट बिक्री भएको छ।

आइतबारको कारोबार जोडिएपछि फिल्मको कूल ग्रस १० करोड रुपैयाँ नाघेको बताइन्छ। तर, यसको औपचारिक पुष्टि भने चलचित्र विकास बोर्डले अझै सार्वजनिक गरेको छैन।

दीपक आचार्य निर्देशित ‘परान’ मा नीर शाह, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, पूजा चन्दलगायत कलाकारको अभिनय रहेको छ।

Skip This