एनपीएलमा सुरक्षा: २ हजार सुरक्षाकर्मी परिचालन, ४० वटा सीसीटीभी क्यामेराबाट निगरानी


काठमाडौं । आज(सोमबार) देखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा प्रहरीले सुरक्षा निगरानी गर्ने भएको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे साबिक विजेता जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ट्राफिक र बम डिस्पोजलबाहेक करिब १५ सय प्रहरी परिचालन गरिने छ । त्यस्तै खेल जारी रहँदा ४० वटा सीसीटीभी क्यामेराबाट कन्ट्रोल रुममार्फत निगरानी हुने उनको भनाइ छ ।

करिब १ महिना चल्ने एनपीएलका धेरै खेल फ्लडलाइटमा खेलाइँदै छ । ३२ खेलको लिगमा ९ खेल दिउँसो र २३ खेल डे–नाइट हुनेछन् ।