रास्वपा नेता सन्तोष परियाले पार्टी छाडे, कहाँ जाँदै छन् ?

1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी त्यागेका छन्।

विघटित प्रतिनिधिसभामा परियार रास्वपाका प्रमुख सचेतकका रूपमा रहेका थिए । उनले पार्टी सदस्यताको राजीनामा पत्र कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।

हालै रास्वपाभित्र नेतृत्व परिवर्तनबारे चलिरहेको बहसमा परियार पनि सक्रिय रूपमा सहभागी थिए । चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको मागसमेत राखेका थिए ।

यसअघि रास्वपाकी केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी थिइन् ।

परियार जनार्दन शर्माको अभियानमा लाग्ने तयारीमा रहेको स्रोतको दाबी छ ।