
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अलग भएर ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्माले अभियानको केन्द्रीय संयोजन समिति घोषणा गरेका हुन्।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितका वाम दलहरूको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै शर्माको समूह छुट्टिएको हो ।
घोषित समितिको संयोजकमा पूर्वमन्त्री सुदन किराती रहेका छन् । समितिमा किरातीसहित गेहेन्द्र ढकाल, मदन भट्टराई, नारायणी शर्मा, मदन लिम्बु, भिमबहादुर मल्ल र संझना राई सदस्य रहेका छन् ।
त्यसैगरी गोरखबहादुर केसी, पुजन सिंह, अरविन्द यादव, जटिल कार्की, लक्ष्मी गुरुङ, देवीराम देवकोटा, प्रकाशचन्द्र पाण्डे, जन्मदेव जैशी, राजु आलेमगर, टेकेन्द्र भट्ट, सन्तोष विष्ट, दिपक साउद, प्रेमबहादुर तामाङ, पुष्प न्यौपाने, यज्ञवल्लभ शर्मा, डा. अच्युत भट्ट, क्षितिज सापकोटा, विमला सिंह, बाबुराम नेपाली, निर्मला गौतम, किस्मतकुमार विक, रामहरि पुडासैनी, सन्दिप पुन र धर्मराज खतिवडा सहित ३१ सदस्यीय समिति गठन गरिएको छ ।










प्रतिक्रिया