
काठमाडौं । सरकारले एमसीसीको काम गर्ने ठेकेदारबाट आयकर नलिने भएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको हो ।
तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री रहँदा मन्त्रिपरिषको साउन १८ को बैठकले यस्तो निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गराउन अर्थले राजपत्रमा सूचना निकालेको हो ।
सूचनाअनुसार नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रुपमा दर्ता रहेका एमसीसी कम्प्याक्ट बमोजिम एमसीसी फन्डिङबाट आर्जित आयमा आयकर छुट दिइनेछ । यस्तो छुट आर्थिक ऐन २०८२ अनुसार दिइएको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया