
काठमाडौं । सरकारले बुधबार दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’सँग वार्ता प्रक्रिया अघि बढाएको छ ।
वार्ताका लागि महाअभियानका प्रतिनिधिहरू बुधबार गृह मन्त्रालय पुगेका छन् । केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा टोली मन्त्रालयमा उपस्थित भएको हो । तर, गृहमन्त्रीसँगको वार्तामा संयोजक दुर्गा प्रसाईं भने सहभागी भएका छैनन् ।
मंसिर ७ गतेबाट सुरु गर्ने भनिएको आन्दोलनका विषयमा केन्द्रित रहेर वार्ता भइरहेको बताइएको छ। यसअघि पनि मन्त्रालयले प्रसाईं समूहलाई वार्तामा सहभागी हुन औपचारिक रूपमा आह्वान गरेको थियो।







प्रतिक्रिया