सुनको मूल्य आज तोलामा २१ सयले घट्यो, कति पुग्यो मूल्य ?

483
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ ।

मंगलबार सुनको मूल्य तोलामा २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा २१ सयले घटेको हो ।

यसअघि असोज ३१ गते सुन अहिलेसम्मकै महँगो बन्दा तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

आज सुनको भाउ घटे पनि चाँदीको भने बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

हिजो तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।