बिहार विधानसभा चुनाव : भाजपा सांसद भन्छन्, ‘तेजस्वी यादवले नेपाल वा चीनमा सरकार बनाउलान्, यहाँ सक्दैनन्’

378
Shares

एजेन्सी । भारतको बिहार राज्यमा विधानसभा चुनावको दोस्रो चरणको मतदान मंगलबार चलिरहेको छ ।

भारी सुरक्षाका बीच ६० प्रतिशतभन्दा बढी मतदान भएको बताइएको छ ।

यसैबीच बिहारको मोतीहारीबाट लोकसभाका सांसद राधामोहन सिंहले एनडीए गठबन्धन मोतीहारी विधानसभा सीटमा भारी बहुमतले विजयी हुने उद्घोष गरेका छन् ।

‘हामी मोतीहारीमा कीर्तिमान मतले जित्नेछौं । तेजस्वी यादवले यस ब्रह्माण्डमा सरकार बनाउन सक्दैनन् । उनले नेपाल वा चीनमा सरकार बनाउलान् तर भारतको कुनै पनि राज्यमा सरकार बनाउन सक्दैनन् ।’

तेजस्वी यादव विपक्षी महागठबन्धनका मुख्यमन्त्री उम्मेदवार हुन् । उनी बहालवाला मुख्यमन्त्री नीतीश कुमारलाई हराएर सत्ता हात पार्ने अपेक्षा गरिरहेका छन् ।

केही समयमा नै बिहार चुनावको एक्जिट पोल आउँदैछ ।

मतगणना शुक्रबार हुनेछ ।