
काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया प्रारम्भिक रूपमा असंवैधानिक भएको ठहर गर्दै हालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय असंवैधानिक भएको भन्दै परेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
रिटको अन्तिम निर्णय नआएसम्म, मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न अदालतले रोक लगाएको छ।







प्रतिक्रिया