मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णले लिए शपथ

147
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहका बीच मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार कर्णलाई मधेश प्रदेश प्रमुखको रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले आज कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मधेश प्रदेशमा संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको विषयमा विवाद उत्पन्न भएपछि सरकारले सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । यसअघि भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटेलमा शपथ गराएपछि मधेशमा तनावको अवस्था सिर्जना भएको थियो ।