
काठमाडौं । म्याग्नस फार्मा प्रालिले एकै वर्ष सवा १ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा १ अर्ब १७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ११ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २००७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
गत आर्थिक वर्षमा ७ प्रतिशतले व्यापार बढेको भए पनि नाफा भने घटेको कम्पनीले जनाएको छ । कम्पनीले गत आवमा ११ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा १६ प्रतिशतले नाफा कमाएको थियो ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले औषधि क्षेत्र विविधीकरण गर्ने आयोजनासहित इन्जेक्सन सेग्मेन्टलाई विस्तार गरेको छ ।
कम्पनीले उक्त आयोजनाको लागि कर्जाबाट ८३ करोड रुपैयाँ र इक्वीटीमार्फत् ९२ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । उक्त आयोजना गत जुलाईबाट सञ्चालनमा आएको छ । कम्पनीले क्षमता बढाएसँगै उत्पादनबाट व्यापार देखिन बाँकी रहेको जनाएको छ ।
सुधिरप्रकाश मास्के प्रबन्ध निर्देशक रहेको कम्पनीको देशभर २ सय वटा वितरक केन्द्र रहेको छ ।








प्रतिक्रिया