आज एकैदिन ४९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

1.9k
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार (आज)सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य करिब ५ हजार रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

सोमबार सुन तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसहिसाबमा आज एकै दिन सुनको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलाको ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।