
काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेनजी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताएकी छन् ।
सोमबार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् । उनले जेनजी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भए पनि त्यसमा रोटी सेक्नेहरु धेरै भएको बताइन् । अहिले जेनजी आन्दोलन भर्सेस नेकपा एमाले जस्तो भाष्य खडा गरिएको बताइन् ।
जेनजी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले आफूलाई दाबी गरेर स्वार्थकेन्द्रित काम गर्न थालेको उनको भनाइ छ ।
जेनजी आन्दोलनमा रोटी सेक्नेहरु एमालेविरुद्धमा खनिएको उनको भनाइ छ ।
झाँक्रीले यसो भनिन्
जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश थियो । त्यो सामान्य कुरा थियो । त्यसमा रोटी सेक्नको लागि जुन जुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेन जी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभियो समाजमा । जेन जी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले मान्छेहरुले आफूलाई दाबी गरिहेका छन् । चाहे त्यो माओवादी तत्कालिन पार्टी होस्, नेपाली काँग्रेसको एउटा हिस्सा, राप्रपा होस्, रास्वपा होस् । अन्य प्रकारका स्वतन्त्र अभियान चलाउनेहरु हुन्, समाजमा हेरौँ । जेन जी आन्दोलनमा रोटी सेक्नेहरु आज नेकपा एमालेका विरुद्धमा छन् ।








प्रतिक्रिया