
काठमाडौं । नेकपा एमालेले ‘घर फर्क’ अभियान सुरु गरेको छ। सोमबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच अध्यक्ष केपी शर्मा ओलीले अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।
यस अभियानअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का नेताहरू रामकुमारी झाँक्री, निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठलगायत फेरि एमालेमै फर्किएका छन्।
यी नेताहरू नेकपा माओवादी केन्द्रसँग एकता गरेर बनेको नेकपा (एकीकृत) मा नगई आफ्नै पूर्वपार्टी एमालेमा फर्किएका हुन्। कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ एमालेको संगठनात्मक एकता र सबलीकरणको नयाँ चरण भएको बताएका छन्।







प्रतिक्रिया